ताजा अपडेट
नयाँ टुलजग्गा क्षेत्रफल रूपान्तरक र कित्ताकाट विभाजन क्यालकुलेटर उपलब्ध (रोपनी-आना / बिघा-कठ्ठा)✦नापी विभागनापी विभाग (dos.gov.np) ताजा सूचना तथा परिपत्रहरू लाइभ हेर्नुहोस्✦सफ्टवेयरLand Solution (v2.4) Android APK र AutoCAD LISP स्वचालन लिपि डाउनलोड गर्नुहोस्✦ज्ञान केन्द्रजग्गा कित्ताकाट, मालपोत कर छुट र नापजाँच सम्बन्धी २२+ आधिकारिक गाइडहरू उपलब्ध✦नापी कानुनजग्गा नापजाँच ऐन, २०१९ तथा जग्गा वर्गीकरण मापदण्ड २०८० पूर्ण संग्रह✦नयाँ टुलजग्गा क्षेत्रफल रूपान्तरक र कित्ताकाट विभाजन क्यालकुलेटर उपलब्ध (रोपनी-आना / बिघा-कठ्ठा)✦नापी विभागनापी विभाग (dos.gov.np) ताजा सूचना तथा परिपत्रहरू लाइभ हेर्नुहोस्✦सफ्टवेयरLand Solution (v2.4) Android APK र AutoCAD LISP स्वचालन लिपि डाउनलोड गर्नुहोस्✦ज्ञान केन्द्रजग्गा कित्ताकाट, मालपोत कर छुट र नापजाँच सम्बन्धी २२+ आधिकारिक गाइडहरू उपलब्ध✦नापी कानुनजग्गा नापजाँच ऐन, २०१९ तथा जग्गा वर्गीकरण मापदण्ड २०८० पूर्ण संग्रह✦
Land Solution Logo
Land Solutionbrbhatta.com
🇳🇵NEP
सबै टूल्सहरू (All Tools)/नेपाली संख्या अक्षरेपी क्यालकुलेटर
Prefer English? Read & use the dedicated English edition of this tool.
🇬🇧 English Edition
बैंक चेक, भौचर तथा मालपोत लिखत विशेष

नेपाली संख्या अक्षरेपी क्यालकुलेटर (Number to Words)

अंकमा रकम टाइप गर्नुहोस् र तुरुन्तै शुद्ध नेपाली शब्द (अक्षेरुपी), अंग्रेजी शब्द र चेक/भौचर ढाँचामा प्राप्त गर्नुहोस्।

Rs.
द्रुत रकम छनोट:
अंग्रेजी शब्दमा (In English Words):
Twelve Lakh Fifty Thousand Rupees Only
शुद्ध नेपाली अक्षरेपी (Nepali Words):
अक्षेरुपी बाह्र लाख पचास हजार रुपैयाँ मात्र

बैंक चेक नमुना (Bank Cheque Preview)

पाउनेको नाम (Payee):
NEPAL COMMERCIAL BANKKathmandu Main Branch
Date: 2026-11-22
Pay:राम बहादुर श्रेष्ठor Bearer
Rupees:Twelve Lakh Fifty Thousand Rupees Only
A/C No: 01234567890123
Rs. १२,५०,००० /-

नेपाली संख्या प्रणाली (Lakh, Crore) र अन्तर्राष्ट्रिय प्रणाली (Million, Billion) तुलना

नेपाल, भारत र दक्षिण एसियामा २-२ अंकको अल्पविराम (Comma) प्रणाली प्रयोग गरिन्छ भने अन्तर्राष्ट्रिय बैंकिङमा ३-३ अंकको (Million/Billion) प्रणाली प्रयोग गरिन्छ। तलको तुलनात्मक तालिकाले दुवै प्रणाली बुझ्न मद्दत गर्दछ:

संख्या (अंकमा)नेपाली पद्धति (South Asian)अन्तर्राष्ट्रिय पद्धति (International)शून्यको संख्या (Zeros)
1,00,0001 Lakh (१ लाख)100 Thousand5 Zeros (10⁵)
10,00,00010 Lakh (१० लाख)1 Million6 Zeros (10⁶)
1,00,00,0001 Crore (१ करोड)10 Million7 Zeros (10⁷)
10,00,00,00010 Crore (१० करोड)100 Million8 Zeros (10⁸)
1,00,00,00,0001 Arab (१ अर्ब)1 Billion9 Zeros (10⁹)

बैंक चेक तथा जग्गाको तमसुक लेख्दा ध्यान दिनुपर्ने ४ नियमहरू:

१. अन्त्यमा सधैँ 'मात्र' वा 'Only' लेख्नुहोस्

शब्द लेखिसकेपछि पछाडि खाली ठाउँ भएमा तेर्सो धर्को (Slash/Line) तानिदिनुहोस् ताकि कसैले पछाडि थप रकम लेख्न नसकोस्।

२. अंकमा लेख्दा /- चिन्ह अनिवार्य लगाउनुहोस्

अंक लेख्दा अगाडि 'Rs.' वा 'रु.' र पछाडि '/-' लेख्नाले रकमको अगाडि वा पछाडि कुनै अंक थप्ने जोखिम बन्द हुन्छ।

३. अंक र अक्षरको रकम शतप्रतिशत मिल्नुपर्छ

यदि अंकमा र अक्षरमा लेखिएको रकम फरक परेमा बैंकले अक्षरमा लेखिएको रकमलाई मान्यता दिन्छ वा चेक अस्वीकार (Bounce) गर्दछ।

४. केरमेट भएको चेक बैंकले स्वीकार गर्दैन

अक्षर वा अंकमा सामान्य केरमेट भएमा पनि काउन्टरबाट चेक पास हुँदैन। केरमेट भएको खण्डमा नयाँ चेक काट्नु सुरक्षित हुन्छ।

बारम्बार सोधिने प्रश्नहरू (Frequently Asked Questions)

Q: चेक वा भौचरमा रकम लेख्दा अन्त्यमा "मात्र" वा "Only" किन लेख्नैपर्छ?

अन्त्यमा "मात्र" वा "Only" लेख्दा पछाडि कुनै अंक वा थप शब्द थपेर रकम कीर्ते (Fraud) गर्न मिल्दैन। यो नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय बैंकिङ कानुन बमोजिम अनिवार्य गरिएको सुरक्षा मापदण्ड हो।

Q: नेपालको १ करोड बराबर अन्तर्राष्ट्रिय प्रणालीमा कति मिलियन हुन्छ?

नेपाल तथा दक्षिण एसियाली संख्या प्रणालीमा १ करोड बराबर अन्तर्राष्ट्रिय प्रणालीमा १० मिलियन (10 Million = 10,000,000) हुन्छ। त्यसैगरी १० लाख बराबर १ मिलियन (1 Million = 1,000,000) हुन्छ।

Q: मालपोतको लिखत (तमसुक) मा थैली अंक अक्षरमा लेख्दा कुन भाषा मान्य हुन्छ?

नेपालको मुलुकी देवानी संहिता अनुसार मालपोत कार्यालयमा जग्गा पास गर्दा थैली अंक नेपाली देवनागरी लिपीमा (जस्तै: अक्षरेपी पचास लाख रुपैयाँ मात्र) लेखिनु अनिवार्य हुन्छ।

Q: के यो टुलले दशमलव पछिको पैसा (Cents/Paisa) पनि अक्षरमा रूपान्तरण गर्छ?

हो, यदि तपाईंले रु. २५,०००.५० प्रविष्ट गर्नुभयो भने यसले शुद्ध रूपमा "पच्चीस हजार रुपैयाँ पचास पैसा मात्र" (Twenty Five Thousand Rupees and Fifty Paisa Only) स्वतः तयार गर्दछ।